काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया रातभर चल्ने भएको छ।
केन्द्रीय निर्वाचन आयोगले मतदान कार्य निरन्तर रूपमा अघि बढाइने स्पष्ट पारेको हो।
मतदानमा सहभागी हुन प्रतिनिधिहरूका लागि आयोगले मतदान केन्द्र प्रवेशको समय दुई घन्टा थप गरेको छ।
यसअघि साँझ ८ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरिसक्नुपर्ने व्यवस्था रहेकामा अब प्रतिनिधिहरूले राति १० बजेसम्म टोकन लिएर मतदान केन्द्रमा प्रवेश गर्न सक्नेछन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको चाप र मतदानलाई सहज र व्यवस्थित बनाउन समय थपिएको आयोगले जनाएको छ।
आयोगका अनुसार सबै प्रतिनिधिलाई मतदानको अवसर सुनिश्चित गर्न प्रक्रिया रातभर सञ्चालन गरिनेछ।