Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

परिणामबिनाको सार्वजनिक खर्चले नागरिकमा असन्तुष्टि बढ्यो: उद्योगमन्त्री सिन्हा

परिणामबिनाको सार्वजनिक खर्चले नागरिकमा असन्तुष्टि बढ्यो: उद्योगमन्त्री सिन्हा

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता र गुणस्तर कमजोर हुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको बताएका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले बजेटमा विभिन्न शीर्षकमा अबण्डा रकम राख्ने प्रवृत्तिले नागरिक असन्तुष्ट बनेको बताएका हुन् ।

उनले सार्वजनिक खर्चको उपयोगिता, सेवा प्रवाह सुधार र आर्थिक सुशासन आजका सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताउँदै यसले नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष सम्बन्ध राख्ने स्पष्ट पारे ।

मन्त्री सिन्हाले भने- 'हरेक वर्षको बजेट विनियोजनमा विविध शीर्षकमा अबण्डा बजेट राखिएको देखिन्छ। योजना प्राथमिकता र परिणामबिनाको खर्चले न नागरिक सन्तुष्ट हुन्छन्, न त अर्थतन्त्र बलियो बन्छ ।'

सार्वजनिक खर्चमा सदुपयोग र आर्थिक सुशासन कायम हुन नसक्दा उत्पन्न असन्तुष्टिकै प्रतिफलका रूपमा भदौ २३ गतेको जेनजी आन्दोलन देखिएको आफूले महसुस गरेको मन्त्री सिन्हाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077