Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सचिवमा हारेपछि बाँस्कोटाको टिप्पणी - च्याँखे जितियो, अब पार्टीले अह्राएको काम गर्छु

सचिवमा हारेपछि बाँस्कोटाको टिप्पणी - च्याँखे जितियो, अब पार्टीले अह्राएको काम गर्छु

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीको ११औँ महाधिवेशनमा सचिव पदमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भएपछि आफूले ‘खाल हारेर च्याँखे जितेको’ टिप्पणी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बाँस्कोटाले अब पार्टीले अह्राएको काम गर्ने र जिम्मेवारी नपाए सुन्ने, हेर्ने र ताली बजाउने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्,'भनेकै थिएँ– जिते चलाउने, हारे सघाउने। खाल हारियो, च्याँखे जितियो। अब लाए–अह्राएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने। तर, कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केही छ अब थप ?'

सचिव पदमा उम्मेदवार बनेका बाँस्कोटा पराजित भए पनि केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077