Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कालोसूचीमा परेको ठेकेदार कम्पनी एमसीसीको सडक ठेक्कामा छनौट, उच्च अधिकारीको मिलेमतो

कालोसूचीमा परेको ठेकेदार कम्पनी एमसीसीको सडक ठेक्कामा छनौट, उच्च अधिकारीको मिलेमतो

शनिवार , पौष ५, २०८२

काठमाडौं । अमेरिकी सहयोग नियोग (मिलिनियम च्यालेन्ज कर्पोरेशन) (एमसीसी) परियोजना अन्तर्गत एमसीए नेपालले दाङको धानखोला—लमही सडक ठेक्कामा कालोसूचीमा परेको एक कम्पनी समेत छनौट गरेको पाइएको छ ।

नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा कालोसूचिमा रहेको एक कम्पनीलाई छनौट गरेको पाइएको हो ।

नेपाल सरकारले कालोसूचिमा राखेको समयकै दौरानमा रमेश शर्माको स्वामित्व रहेको 'शर्मा एण्ड को' नामक कम्पनीलाई उक्त ठेक्कामा छनौट गरेको पाइएको हो ।

ज्वाइन्ट भेन्चर भएका कारण यो कम्पनिको नाम शर्मा कुमार जेभी राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८२ साउन ०९ गते गोरखापत्रमा सुचना प्रकाशन गर्दै एक वर्षका लागि कालोसुचीमा समावेश गरेको शर्मालाई एमसीसीको ठेक्कामा प्राविधिक छनौट गरिएको हो ।

श्री राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद,एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र, नेपाल, आयोजना कार्यालय लालबन्दी नगरपालिका सर्लाहीको सिफारिसको आधारमा कालोसूचिमा राखिएको शर्मा एण्ड को कम्पनि प्रा.ली समेत एमसिए नेपालको ठेक्का प्रक्रियामा प्राविधिक छनौटमा परेपछि अर्थमन्त्रालय, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अमेरिकास्थित एमसीसीको मुख्यालयमा समेत उजुरी परेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा १ बमोजिम कालोसूचिमा परेका कम्पनिले कुनै पनि सरकारी खरिद वा बोलपत्रमा सहभागी हुन पाउँदैनन् ।

स्रोतका अनुसार यो प्रक्रियामा शर्मा कम्पनिलाई सामेल गराउन एमसीसीकै रोहित शर्मा नाम गरेका कर्मचारीले शंकाष्पद भूमिका निभाएका छन् ।

एमसिए नेपालले प्राविधिक रुपमा योग्य भनि सिफारिस गरिएका मध्ये शर्मा एण्ड को कम्पनि प्रा.लीले २०.०७ मिलियन डलरको लागत सहित टेण्डर प्रक्रियामा सहभागी भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077