काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका कांग्रेस नेता सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि गृहजिल्ला धनकुटाबाट सिफारिस भएका छन् ।
नेपाली कांग्रेसको कोशी प्रदेश समिति बैठकले थापाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको कांग्रेस कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।
०७९ को प्रतिनिधि सभा निर्वाचनमा थापा एमालेका उम्मेदवारस राजेन्द्र राईसँग पराजित भएका थिए । थापा २०७९ चैत १६ गते राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।
उनले केही दिनअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्ने जानकारी राष्ट्रपति पौडेललाई गराएर सल्लाहकारबाट राजीनामा दिएका थिए ।