Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राष्ट्रियसभाको सांसद हुन सुनिल थापाको दौडधूप, दूताबास समेत सक्रिय

राष्ट्रियसभाको सांसद हुन सुनिल थापाको दौडधूप, दूताबास समेत सक्रिय

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । राष्ट्रियसभाको रिक्त सदस्य पदमा माघ ११ गते निर्वाचन हुँदैछ । सो निर्वाचनमा उम्मेदवार बन्नका लागि नेताहरुको तीव्र दौडधूप चलिरहेको छ ।

निर्वाचनमा काँग्रेस र एमालेको गठबन्धन हुने निश्चित जस्तै भएपछि  भागवण्डाभित्र पर्नका लागि नेताहरुको चाकडीले नपुगेर विदेशीलाई समेत गुहार्न थालिएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा भाग लिनैका लागि भनेर राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले राजीनामा दिइसकेका छन् ।

उनले आफ्नो नाम धनकुटा जिल्ला काँग्रेस कार्यसमिति हुँदै कोशी प्रदेशबाट समेत सिफारिस गर्न लगाइसकेका छन् ।

धनकुटाका काँग्रेस सभापति दिनेश राईलाई पार्टीको समानुपातिक सूचीमा पार्नका लागि ग्यारेन्टी गराएर कार्यसमितिबाट आफ्नो नाम सिफारिस गराएका थापाले काँग्रेसको कोशी प्रदेश समितिबाट पनि ठूलो जुक्ति लगाएर आफ्नो नाम सिफारिस गराएका छन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा पराजित भएर राष्ट्रपतिको सल्लाहकार बन्न पुगेका थापालाई अहिले जसरी भए पनि राष्ट्रियसभा छिरेर ६ बर्ष सुरक्षित हुने र सो अवधिभित्र मन्त्रीसमेत बन्नु छ ।

[insert page='370377' display='yopanipadhnuhos.php']

राप्रपाबाट काँग्रेस छिर्दा सहमहामन्त्रीका रुपमा पोर्टफोलियो पाए पनि थापा काँग्रेसको सांगठनिक राजनीतिमा भिज्न सकेका छैनन् । राप्रपाको धङधङ्गीबाट माथि उठ्न नसकेका सूर्यबहादुर पुत्र थापा सहमहामन्त्रीकै रुपमा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्दा पराजित भएका थिए ।

अहिले राष्ट्रियसभामा निर्वाचित हुनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामात्र होइन काँग्रेस नेतृ डा. आरजु राणालाई समेत मनाइसकेको बताइन्छ ।

थापाले सल्लाहकारबाट राजीनामा दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालबाट समेत काँग्रेस सभापति र कार्यवाहक सभापतिलाई  फोन मार्फत् दबाव दिन लगाएको उच्च स्रोतले वताएको छ । भारतीय दूतबासबाट समेत थापाले कांग्रेसका शीर्षनेताहरुलाई फोन गराएर राष्ट्रियसभामा लैजान दबाब दिइरहेका छन् ।

[insert page='380129' display='yopanipadhnuhos.php']

राष्ट्रपति रामचन्द्र पौडेल त थापाका लागि दिलोज्यान दिएरै लागेका छन् । स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँगको अन्य प्रयोजनका लागि भएका अनौपचारिक भेटघाटमा थापाका लागि वातावरण बनाइदिन अनुरोध गर्न भ्याइसकेका छन् ।

थापाले जेनजी अगुवा सुदन गुरुङसँग पनि यसै विषयमा पटक पटक भेटघाट गरेको बताइन्छ । जेनजी समूहको भोट नभए पनि सहानुभूति र दबाबका लागि भेटघाट गरिरहेको श्रोतको दाबी छ ।

पिता सूर्यबहादुर थापाको अवसानपछि राजनीतिक रुपमा ओझेलमा परेका सुनिलबहादुरले अहिले गुमेको साखलाई अगाडि बढाउन राष्ट्रियसभालाई हतियार बनाउन खोजेका छन् ।

स्रोत दाबीका साथ भन्छ–उनी राष्ट्रियसभामा प्रवेश गरेर मन्त्री बन्ने मात्रै लालसा राखेका छैनन्, शक्ति केन्द्रहरुलाई प्रभावमा पारेर राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको कार्यकालपछि अध्यक्ष हुने महत्वाकांक्षासमेत पालेका छन् ।

धनकुटाको राजनीतिमा जन्म नसकेका उनले छोरा सिद्धार्थलाई पनि यसपटकको निर्वाचनमा जेनजी भन्दै अन्य निर्वाचन क्षेत्रबाट मैदानमा उतार्ने तयारी गरेका छन् ।

आफू राष्ट्रियसभा र छोरालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने सुनिलको चाहना सफल होला या नहोला त्यो केही दिनभित्रै हुन लागेको उम्मेदवार दर्तापछि रहस्यका पर्दा खुल्न थाल्नेछन् ।

संवैधानिक राष्ट्रपतिको सल्लाहकारमा रहँदा पनि लुकिछिपी काँग्रेस हुँ भन्दै यदाकदा गतिविधि गर्दै आएका सुनिललाई धनकुटा काँग्रेसका सभापति दिनेश राईको बलियो साथ सहयोग भने रहेकै छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077