Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

जेनजी प्रतिनिधि यादवलाई मानव अधिकार आयोगले बयानका लागि बोलायो

जेनजी प्रतिनिधि यादवलाई मानव अधिकार आयोगले बयानका लागि बोलायो

मंगलवार , पौष ८, २०८२

काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधि पुरुषोत्तम यादवलाई राष्ट्रिय मानव अधिकार आयोगले बयानका लागि बोलाएको छ ।

आयोगले भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे सोधपुछ गर्न बुधबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन पत्र पठाएको हो ।

आयोगका अनुसार आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षाकर्मीको भूमिका तथा सम्भावित मानवअधिकार उल्लंघनका विषयमा तथ्य संकलन गर्न यादवसँग बयान लिने तयारी गरिएको छ। यादव जेनजी आन्दोलनका बेला सक्रिय रूपमा आन्दोलनमा संलग्न रहेका थिए।

यसअघि आयोगले मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि सोही घटनाका सम्बन्धमा बयान लिइसकेको छ । आयोगले आन्दोलनसँग जोडिएका सबै पक्षसँग छलफल तथा बयान लिएर समग्र प्रतिवेदन तयार गर्ने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077