Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अन्तिम मतदाता नामावली प्रकाशन, मतदाताको खंख्या १ करोड ८९ लाख पुग्यो

अन्तिम मतदाता नामावली प्रकाशन, मतदाताको खंख्या १ करोड ८९ लाख पुग्यो

शनिवार , पौष १२, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । शनिबार निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको हो ।

'संवत् २०६२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय भएको छ,' आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

“प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएका छन्,” भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

adf-1766834904.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077