Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाजुरामा शान्तिपूर्ण निर्वाचन गराएको भन्दै पाँच इन्स्पेक्टरसहित २६ प्रहरी पुरस्कृत

बाजुरामा शान्तिपूर्ण निर्वाचन गराएको भन्दै पाँच इन्स्पेक्टरसहित २६ प्रहरी पुरस्कृत

मंगलवार , चैत्र ३, २०८२

कैलाली। बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन योगदान पुर्‍याएको भन्दै पाँच जना प्रहरी निरीक्षकसहित २६ जना प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराले निर्वाचनका क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनीहरूलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरेको हो । 

पुरस्कृत हुने प्रहरी निरीक्षकहरूमा पुस्कृत हुनेमा इन्स्पेक्टर दिपक धामी, बिक्रम साह, लक्ष्मीराज जोशी, सिताराम विष्ट र मिनबहादुर धामी रहेका छन् । अन्य २१ जना प्रहरी कर्मचारीलाई पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मिति २०७२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा खटिएका प्रहरी कर्मचारीहरूले आफूलाई दिइएको जिम्मेवारी पूर्ण रूपमा पालना गर्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनीहरूले उच्च अनुशासनमा रही इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ ढंगले विभागीय आदेशको पालना गर्दै त्रुटिरहित रूपमा काम गरेको भन्दै उनीहरूको लगनशीलता, अनुशासन र उत्कृष्ट कार्यको कदरस्वरूप पुरस्कार प्रदान गरिएको जनाइएको छ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत नियम १९७ को देहाय (ग) ले दिएको अधिकार प्रयोग गरी प्रोत्साहनस्वरूप अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077