Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१६ भोट ल्याउने उम्मेदवारको चुनावी खर्च २ लाख ३६ हजार, 'थकाइ मेटाउन' साँझ रक्सीको पनि व्यवस्था !

१६ भोट ल्याउने उम्मेदवारको चुनावी खर्च २ लाख ३६ हजार, 'थकाइ मेटाउन' साँझ रक्सीको पनि व्यवस्था !

बुधवार , फाल्गुण २७, २०८२

कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् ।

‘क्यामेरा’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका दिपक रावलले जिल्ला निर्वाचन कार्यालय कैलालीमा बुझाएको अनुसूची–४१ बमोजिमको खर्च विवरणमा भोड्का र लोकल रक्सीको खर्चसमेत आधिकारिक रूपमा उल्लेख गरेका हुन् ।

रावलले आफ्नै हस्तलिपिमा बुझाएको विवरणको क्रम संख्या ७ मा खर्चको शीर्षक ‘स्वयम्‌सेवक, ८८४८, भोड्का, लोकल’ राख्दै कार्यकर्ता र स्वयम्‌सेवकको ‘साँझपख थकाइ मेटान (१५ दिन)’ का लागि रक्सी खर्च भएको उल्लेख गरेका छन् ।

उनले १५ दिनसम्म थकाइ मेट्न भन्दै भोड्का र लोकल रक्सीमा मात्रै ४५ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । रक्सी सत्कार र प्रचारप्रसारमा खर्च भए पनि निर्वाचन परिणाम भने रावलका लागि निकै निराशाजनक रह्यो ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल लगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका रावलले जम्मा १६ भोट मात्र प्राप्त गरेका छन्।

उनको कुल चुनावी खर्च २ लाख ३६ हजार ५ सय रुपैयाँ पुगेको देखिन्छ । रावलले आयोगमा बुझाएको खर्च विवरणमा मनोनयन दर्ता दस्तुर १०,००० रुपैयाँ, सवारी साधन र इन्धन ५५,००० रुपैयाँ, २६ वडा घरदैलो (खाना–खाजा) ४५,५०० रुपैयाँ, झण्डा, ब्याच, ब्यानर, स्टिकर छपाइ ३५,००० रुपैयाँ, विविध मिडिया खर्च २५,५०० रुपैयाँ, पानी, चिया, स्टेसनरी २०,००० रुपैयाँ र रक्सी (थकाइ मेटान–१५ दिन) ४५,५०० रुपैयाँ उल्लेख छ । 

निर्वाचन खर्च पारदर्शी बनाउने बहस चलिरहेका बेला ‘थकाइ मेटान’ भन्दै ब्रान्ड नै तोकेर मदिराको खर्च विवरण बुझाएको रावलको यो कागजात यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

May be an image of blueprint, ticket stub and text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077