Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई पेस्तोलसहित तीन जना पक्राउ

दुई पेस्तोलसहित तीन जना पक्राउ

सोमवार , पौष १४, २०८२

काठमाडौं । दुई अत्याधुनिक पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नागार्जुन नगरपालिका–४ बाफलबाट लुकाइछिपाई राखेको अवस्थामा उकत हतियारसहित तिन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय ‘झिल्के’ भन्ने विकास शाही, मोरङको लेटाङ–४ घर भएका २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय जस्वन भन्ने अश्विन राई रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट CF 98-900003308237 र CF 98-900011108236 नम्बरका दुईवटा पेस्तोल, तीनवटा म्यागजिन, दुई राउन्ड गोली र दुईवटा गोलीको खोका बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी परिसरले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077