काठमाडौं। शंखरापुर नगरपालिका-५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्डसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-३ घर भएका ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।
उक्त स्थानमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रवार पक्राउ गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात् प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जीवनको सुस्मा कोइराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गरिरहेको छ ।