Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुदूरपश्चिममा आज 'पुसे पन्ध्र' मनाइँदै

सुदूरपश्चिममा आज 'पुसे पन्ध्र' मनाइँदै

मंगलवार , पौष १५, २०८२

कैलाली । सुदूरपश्चिममा परम्परागत रूपमा ठूलीरात अर्थात् पुसे पन्ध्र धूमधामका साथ मनाइँदैछ । वर्षकै सबैभन्दा लामो रात परेकाले यस दिनलाई ठूलीरातका रूपमा मनाउने चलन रहिआएको छ ।

पुस १५ को रात सुदूरपश्चिमका गाउँ–बस्तीमा रातभर जाग्राम बस्ने, डेउडा खेल्ने, भाका–भजन गाउने र रमाइलो गर्ने परम्परा छ। बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गरी नयाँ दिनको स्वागत गर्ने संस्कारसमेत रहेको छ।

यस दिन विशेष रूपमा तेल वा घिउमा तारेर पकाइएका परिकार, घिउ हालेर पकाइएको भात तथा तातो–चिल्लो खानेकुरा खाने गरिन्छ। तिहारमा भैली खेलेर संकलन गरिएको रकमबाट कुन्क्यौलो (वनभोज) खाने चलन पनि आजकै दिन जोडिएको छ।

पुस १५ को आसपास वर्षकै सबैभन्दा चिसो समय पर्ने भएकाले चिसोबाट बच्न र शरीरलाई तन्दुरुस्त राख्न चिल्लो र तातो खानेकुरा खाने परम्परा विकसित भएको संस्कृतिविद्हरू बताउँछन्।

सुदूरपश्चिममा पुस १५ बाटै दिन क्रमशः लम्बिँदै जाने विश्वास रहिआएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077