Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाले माग्यो प्रत्यक्ष उम्मेदवारको नाम, प्रदेश र जिल्लालाई सर्कुलर !

जसपाले माग्यो प्रत्यक्ष उम्मेदवारको नाम, प्रदेश र जिल्लालाई सर्कुलर !

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन पार्टी संरचनालाई निर्देशनात्मक परिपत्र (सर्कुलर) जारी गरेको छ ।

जसपाको प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानको धारा ११७ उपधारा (३) अनुसार उम्मेदवारसम्बन्धी मापदण्ड र योग्यता पूरा गर्ने योग्य व्यक्तिहरूमध्येबाट उम्मेदवार चयन गरी नामावली पठाउन प्रदेश समिति र जिल्ला समितिलाई निर्देशन दिइएको हो ।

पार्टीद्वारा जारी परिपत्रअनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारहरूको नामावली संकलन गरी रायसहित सात दिनभित्र अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउन बिहीबार प्रदेश र जिल्ला समितिलाई अनुरोध गरिएको छ।

साथै, उम्मेदवारका रूपमा सिफारिस गरिएका व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि, संगठनमा गरेको योगदान तथा सक्रियता समेत स्पष्ट रूपमा उल्लेख गरी पठाउनुपर्ने निर्देशन दिइएको छ।

प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा रहेको संघीय संसदीय बोर्डले गर्ने पार्टीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077