Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अशोक राईको पार्टी फुट्यो, रेणु यादव पक्ष जसपा नेपालमा समाहित

अशोक राईको पार्टी फुट्यो, रेणु यादव पक्ष जसपा नेपालमा समाहित

सोमवार , पौष १४, २०८२

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ।

सो पार्टीकी सह(अध्यक्ष रेणु यादवले जसपा नेपालसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजित भएको हो ।

यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै बहुमत केन्द्रीय सदस्यसहित जसपाले जसपा नेपालसँग पार्टी एकीकरण गरेको जनाएका छन् । राई भने एकता प्रक्रियामा सहभागी भएका छैनन् ।

राईले उपेन्द्र यादवसँग अलग भएर २०८१ वैशाख २३ गते जसपा गठन गरेका थिए।

हिजो मात्रै उपेन्द्र नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077