Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि, आगामी रणनीतिबारे छलफल हुने

जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि, आगामी रणनीतिबारे छलफल हुने

शनिवार , जेठ ९, २०८३

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीको एकता भएपछि यो पहिलो बैठक जेठ ११ गतेसम्म सञ्चालन हुनेछ ।

बैठकमा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनेछ । 

त्यसैगरी पार्टीको संगठन विस्तार, व्यवस्थापन र आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने बताइएको छ ।

बैठकमा पार्टीका सबै तहका संरचना-केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला, पालिका र वडा तहसम्मको समायोजनबारे पनि निर्णय हुनेछ । भ्रातृ तथा शुभेच्छुक संगठनहरूको समायोजनका लागि कार्यविधि बनाउने विषय पनि एजेन्डामा छ ।

साथै केन्द्रीय समन्वय समिति सदस्यहरूको कार्यविभाजन, प्रदेश सरकार र संघीय तहबीच समन्वय गर्ने समिति गठन, तथा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्ने विषयमा पनि छलफल हुनेछ ।

यसलाई पार्टीले सङ्गठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077