Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण, महन्थ संरक्षक र उपेन्द्र अध्यक्ष

जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण, महन्थ संरक्षक र उपेन्द्र अध्यक्ष

आइतवार , पौष २७, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच पार्टी एकीकरण  भएको छ ।

दुवै दलबिच २०८२ साल पौष १३ गते एकीकरण गर्ने सहमति गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । सोही सहमतिलाई आधार मानी एकीकरण प्रक्रिया अघि बढाइएको हो ।

१२ बुँदे सम्झौताअनुसार एकीकरणपछि दलको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ भने पार्टीको चुनाव चिन्ह छाता रहनेछ । पार्टीको झण्डा माथिल्लो भाग रातो, बिचमा सेतो र तल्लो भाग हरियो रंगको रहने तथा बिच भागमा ढल्किएको छाता रहने व्यवस्था गरिएको छ।

‎एकीकृत पार्टीलाई सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ । दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहनेछ ।

२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति पनि गरिएको छ। साथै, एकीकरणसम्बन्धी थप प्रक्रिया राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुनअनुसार अघि बढाइनेछ ।

‎केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणीकरण गरिने व्यवस्था छ । समन्वय समितिमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । समितिमा विभिन्न राजनीतिक तथा सामाजिक पृष्ठभूमिका ४३ जना सदस्य समेटिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077