काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंंमा एक कार्यक्रमबीच जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
जसपा नेपालको चुनावी नारा ‘संघर्षसँगै समृद्धि’ रहेको छ । ‘जसपा नेपाल यो घोषणापत्र मार्फत यस्तो राज्य मोडल चाहन्छ– जहाँ राज्यको उद्देश्य नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो,’ घोषणापत्रमा भनिएको छ ।
वैज्ञानिक भूउपयोग भूमिसुधार र भू–व्यवस्थापन नीति लागू गर्ने, कृषि जमिनको चक्लाबन्दी र कृषिको आधुनिकीकरण गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने, २०४७ सालदेखि हालसम्म भएका निर्वाचित जनप्रतिनिधिहरू, प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने जनाएको छ ।
जसपाले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क (फ्री भिसा र फ्री टिकेट) रोजगारी प्रदान गर्ने नीति लागू गर्ने जनाएको छ।
साथै, जसपाले आफ्नो घोषणापत्रमा शिशु कक्षादेखि उच्च शिक्षासम्म एकरूपता, प्रविधिमैत्री, निःशुल्क, सिपमूलक र गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली विकास गर्ने जनाएको छ ।
Ghosanapatra-1 jasapa nepal.pdf :To download file click here