बैतडी । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले बैतडीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा दामोदर भण्डारीलाई सर्वसम्मत सिफारिस गरेको छ।
आज बसेको जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भण्डारीको एकल नाम पठाउने निर्णय गरेको हो ।
भण्डारी २०७०, २०७४ र २०७९ का लगातार ३ वटा चुनाव जित्दै मन्त्रीसमेत भइसकेका छन् ।
उम्मेदवारको नाम सर्वसम्मत सिफारिस भएकाले अब जिल्लाले प्रदेश कमिटी र प्रदेशले केन्द्रिय कमिटीलाई नाम सिफारिस गर्नेछ।