Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

शनिवार , पौष २६, २०८२

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनुका साथै बाँकी तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077