Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगे गगन

विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगे गगन

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनको औपचारिक उद्घाटनका लागि महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको हो । पार्टीलाई सुदृढ, संगठित र जीवन्त बनाउने उद्देश्यसहित आयोजना गरिएको विशेष महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा देशका विभिन्न स्थानबाट आएका कार्यकर्ता तथा प्रतिनिधिहरू बाजागाजासहित जुलुस निकाल्दै सहभागी हुने क्रम जारी छ।

जुलुस, नाराबाजी र सांस्कृतिक प्रस्तुतिका कारण महाधिवेशन स्थलमा उत्साहपूर्ण र उल्लासमय माहोल देखिएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077