Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मधेश झरे कांग्रेस सभापति गगनकुमार थापा, सिमरा विमानस्थलमा भब्य स्वागत

मधेश झरे कांग्रेस सभापति गगनकुमार थापा, सिमरा विमानस्थलमा भब्य स्वागत

सोमवार , माघ १२, २०८२

सिमरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका छन्।

भावी प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिएका गगन सोमबार पहिलोपटक मधेश पुगेका हुन् ।

यसअघि वारेसमार्फत् मनोनयन दर्ता गरेका गगनले नै सर्लाही–४ का नेताहरुसँग काठमाडौंमा निरन्तर भेटघाट गरेका थिए । तर आज उम्मेदवार बनेपछि बाराको सिमरा विमानस्थल पुग्दा सर्लाही, बारा लगायत तराईका जिल्लाबाट सभापति थापाको स्वागतका लागि ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरुको ठूलो भीडभाड देखिएको थियो ।

थापा सर्लाही जाने भएसँगै ‘अबकी बार गगन सरकार’ भन्दै नारा समेत लगाएका छन् । थापाले काठमाडौं क्षेत्र नं ४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । २०७९ सालको निर्वाचनमा पनि थापा उक्त क्षेत्रमा जान चाहेका थिए । तर अन्तिम समयमा उनी रोकिएका थिए ।

सर्लाही ४ मा यसअघि स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले चुनाब जितेका थिए । केहिदिन अघि मात्रै रास्वपा प्रवेश गरेका अमरेश कुमारले यो पटक पनि सोहि क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।

अमरेशकुमार पनि कांग्रेसकै पुराना अनुभवी नेता हुन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता सिंहले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यस्तै सर्लाही–४ बाट नेकपा एमालेले रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीले डा. रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077