Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चुनावी अभियानका लागि सर्लाही पुगे गगन थापा

चुनावी अभियानका लागि सर्लाही पुगे गगन थापा

सोमवार , माघ १२, २०८२

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन्।

भावी प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिएका गगन आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा पुगेका हुन् ।

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेस झरेका थापालाई मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्यमन्त्री जंगीलाल राय, मधेस प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहलगायत नेता-कार्यकर्ताले स्वागत गरेका थिए। उनको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वार र ब्यानरहरू राखिएका छन्।

यसअघि सिमरा विमानस्थल पुग्दा सर्लाही, बारा लगायत तराईका जिल्लाबाट सभापति थापाको स्वागतका लागि ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरुको ठूलो भीडभाड देखिएको थियो ।

कार्यकर्ताहरुले विमानस्थलमा ‘अबकी बार गगन सरकार’ भन्दै नारा समेत लगाएका थिए ।

आगामी प्रतिनिधिसभाका लागि थापा यो पटक काठमाडौं क्षेत्र नं ४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077