Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देउवालाई गगनको आग्रह: यो पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्

देउवालाई गगनको आग्रह: यो पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरूलाई पुनः आग्रह गरेका छन् ।

उनले हिजो उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा पनि देउवालाई सहभागी हुन आग्रह गरेका थिए ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री थापाले विधानसम्मत ढंगले आयोजना गरिएको यो महाधिवेशन अवैधानिक नभएको दाबी पनि गरेका छन् ।

उनले भने- ‘हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजी र कार्यवाहक सभापतिजीलाई यो कार्यक्रम पार्टीको हो भनेर अनुरोध गरिरहेका छौँ । यहाँ थुप्रै साथीहरूले मलाई सम्पर्क गरिराख्नु भएको छ, कोही बाहिर, कोही भित्र। तर जिल्लाका नेताहरूसँग डराउँदा आउन सकिरहेका छैनन् ।’

महामन्त्री थापाले पार्टी जागरूक भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077