काठमाडौं । बालाजुबाट भन्सार छलिको ट्रकसहित चालक पक्राउ परेका छन् ।
सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर- १६ बालाजु पुल नजिकबाट ना ६ ख ७०११ नम्बरको मालबाहक ट्रकमा भन्सार छलेर ल्याएको ४०० बोरा युरिया मल र ६० बोरा मकैसहित ट्रक चालक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रौतहट बृद्धाबन नगरपालिका-६ घर भएका २५ बर्षीय राज कुमार महत्तो रहेका छन् ।
गोप्य सुचनाको आधारमा उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बाहिर पट्टी मकैको बोराले बेरी भित्र पट्टी लुकाई छिपाई राखेको अवस्थामा युरिया मल फेला परेको थियो ।
महत्तोलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचर बुझाइएको प्रहरीले जनाएको छ ।