Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'ट्राफिक सचेतना सप्ताह'को समापन भोली, हास्य कलाकारदेखि लोकप्रिय गायक गायिकाको प्रस्तुती

'ट्राफिक सचेतना सप्ताह'को समापन भोली, हास्य कलाकारदेखि लोकप्रिय गायक गायिकाको प्रस्तुती

शुक्रवार , माघ २, २०८२

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको ट्राफिक सचेतना सप्ताह-२०८२: को भोली अर्थात माघ ३ गते शनिबार दिउँसो ३ बजे ठमेल चोकमा समापन हुने भएको छ ।

विभिन्न कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति सहित समापन हुने उक्त कार्यक्रममा युवा पुस्तामाझ लोकप्रिय गायक जोन चाम्लिङ राई, समिक्षा अधिकारी, हास्य कलाकार मनोज गजुरेल, किरण केसी, एलिस राई तथा गायिका आस्था राउत, लोक गायक बालचन्द्र बराल बबिता बानिया ‘जेरि’ लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ।

आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा हुने समापन कार्यक्रममा युवा पुस्तामाझ अत्यन्त चर्चित गायक तथा कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

[insert page='386562' display='yopanipadhnuhos.php']

‘दुर्घटना न्यूनीकरण’लाई मूल नारा बनाएर सुरु गरिएको ट्राफिक सप्ताह उपत्यकाभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै माघ ३ गते समापन गर्न लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले बताएका छन् ।

उनका अनुसार एक हप्तासम्म सञ्चालन गरिएको उक्त कार्यक्रमले जनता र ट्राफिक प्रहरीबीचको दूरी घट्दै सम्बन्ध अझ प्रगाढ बनेको छ। साथै ट्राफिक नियमप्रति जनचेतना बढाउन कार्यक्रम प्रभावकारी भएको पनि अधिकारीको दावी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077