Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विविध सांस्कृतिक कार्यक्रमसहित ट्राफिक सप्ताह सम्पन्न

विविध सांस्कृतिक कार्यक्रमसहित ट्राफिक सप्ताह सम्पन्न

आइतवार , माघ ४, २०८२

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले आयोजना गरेको “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” को ठमेल स्थित संचयकोष भवन अगाडि विविध कार्यक्रम गरि समापन गरेको छ ।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको विशेष आतिथ्यमा ख्याति प्राप्त कलाकार, बाल कलाकार, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको प्रस्तुतीका साथ विविध कार्यक्रम गरी ट्राफिक सप्ताहको समापन भएको हो ।

ट्राफिक सप्ताहका अवसरमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार, सडक नाटक, सांस्कृतिक प्रस्तुति, दुर्घटनाका घाइतेका लागि रक्तदान कार्यक्रम, सवारी चालक तथा सहचालकलाई प्रशिक्षण, आँखा शिविरलगायत विविध कार्यक्रम सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

समापन कार्यक्रममा महानिरीक्षक दानबहादुर कार्कीले चालक, यात्रु तथा पैदलयात्री सबै जिम्मेवार बनेमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने बताए। ट्राफिक नियमको पालना सबैले गरेमा सवारी दुर्घटनाको अन्त्य सम्भव रहेको उनको धारणा थियो ।

समापन कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरूले ट्राफिक सचेतनासम्बन्धी सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका छन् ।

May be an image of ‎one or more people and ‎text that says '‎POA 12 부도 ds मादपसर्सेवनगर सेवन गर| 開酵年 اگ सुरक्षा NIME टाफिक सप यातायाव 1Sの सुरक्षा हाम्रो प्रा प्राशामथ dia‎'‎‎

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077