Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धारिलो हतियार प्रहार गरी छोराले गरे आमाको हत्या

धारिलो हतियार प्रहार गरी छोराले गरे आमाको हत्या

शनिवार , माघ ३, २०८२

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

२७ वर्षीय प्रविण भण्डारीले धारिलो हतियार प्रयोग गरी आमा ५० वर्षीया सरिताको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुका अनुसार, धनुषाको मिथिला नगरपालिका–११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए ।

छोराको आक्रमणबाट गम्भीर घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भण्डारीले पनि आफ्नै टाउकोमा धारिलो हतियारले हानेको र उनी पनि घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077