Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जेनजी प्रदर्शनमा सुरक्षाकर्मीसँग विवाद गरेका युवाले नै गरे आमाको हत्या

जेनजी प्रदर्शनमा सुरक्षाकर्मीसँग विवाद गरेका युवाले नै गरे आमाको हत्या

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीलाई हप्कीदप्की गर्ने एक युवाले आफ्नै आमाको हत्या गरेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले ५५ वर्षीया आमा राममाया कँडेलको घाँटी रेटेर हत्या गरेका हुन् ।

५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ । गए राति धारिलो हतियार प्रहार गरी यमबहादुरले आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले जानकारी दिए ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको उनले बताए ।

मादक पदार्थ र लागु औषध सेवन गरेका कँडेलले बुवालाई समेत कुटपिट गरेको वडा नम्बर–५ का वडाध्यक्ष कुशबहादुर सिटौलाले बताए ।

पोस्टमार्टमका लागि शव धादिङ अस्पतालमा ल्याइएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गाउँलेहरुसँगै झैझगडा गर्दै हिँड्ने कँडेलविरुद्ध यसअघि पनि ज्यान मुद्दा चलिसकेको थियो । गत भदौ २३ को जेनजी प्रदर्शन र २४ गतेको विध्वंसमा उनले संसद भवनअगाडि ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई दुर्व्यवहार गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077