Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

छोराले फरुवा प्रहार गर्दा आमाको मृत्यु 

छोराले फरुवा प्रहार गर्दा आमाको मृत्यु 

शुक्रवार , कार्तिक १४, २०८२

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-१२ मसिनाटोलमा छोराले प्रहार गरेको फरुवा लागेर आमाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घरायसी विवादका कारण गत मंगलबार बिहान ३० वर्षीय छोरा कविराम बस्नेतले ५० वर्षीया आमा धनिकला बस्नेतलाई सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । तर, बुधबार बिहान डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077