Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

निर्वाचन आयोगले गरेको निर्णय सबैले स्विकार्नुपर्छ: सभापति थापा

निर्वाचन आयोगले गरेको निर्णय सबैले स्विकार्नुपर्छ: सभापति थापा

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णयलाई स्विकार्दै पार्टी एकताको पक्षमा अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार बसेको केन्द्रीय समितिको बैठक सुरु हुनु अगाडि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुनु ।

उनले निवर्तमान सभापति शेरबहादुर देउवाले संरक्षकको भूमिकामा रहेर सन्देशमार्फत सबैलाई पार्टीमा फर्कन आह्वान गर्नुपर्ने बताए।

थापाले भने, ‘आयोगका निर्णयलाई सबै एकैठाउँमा बसेर कार्यान्वयन गर्नुपर्छ। पार्टीका सबै एकै ठाउँमा जम्मा होउँ। निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको संरक्षकको भूमिकामा रहनुपर्छ र उहाँले अब देशभरका साथीलाई रोकर सकियो भनेर आह्वान गर्नुपर्छ।’

उनले शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर थापाले पनि सोही भूमिका खेलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताए ।

थापाले पार्टीको मूल्यमान्यतालाई जोगाउन नयाँ र पुराना पुस्तालाई समेटेर अगाडि बढ्ने बताए।

उता देउवाले पक्षलेभने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077