Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कुन्दनराज काफ्ले भन्छन्- म कांग्रेसको सिपाही हुँ, कतै भाग्दिनँ

कुन्दनराज काफ्ले भन्छन्- म कांग्रेसको सिपाही हुँ, कतै भाग्दिनँ

सोमवार , माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम बागमतीका पूर्वमन्त्री कुन्दनराज काफ्लेले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् ।

पार्टीभित्र देखिएको विवादबारे सामाजिक सञ्जालमा लेख्दै बागमती प्रदेश सभा सदस्य समेत रहेका काफ्लेले यस्तो बताएका हुन् ।

उनले राजनीति सधैँ सिधा रेखामा नहिँड्ने आफूले बुझेको र सधैँ कांग्रेसको सिपाही रहेको बताउँदै आफू कतै नभाग्ने बताए।

उनले भनेका छन्- 'म कांग्रेसको सिपाही हुँ, कतै भाग्दिनँ । राजनीति सरल रेखामा हिँड्दैन भन्ने’ वाक्य मैले पहिलो–पटक कसैबाट सुनेको हुँ भने, त्यो अग्रजको नाम हो-गगनकुमार थापा। विद्यार्थी राजनीतिका दुःखसुख, नोकझोक र त्यतिबेला नै दलभित्रको अन्तसंघर्षका अनेक साक्षी बसिरहँदा, छेउकुनाबाट हेलिएर कुनै न कुनै आन्दोलनको अग्रभागमा भइरहँदा एक दिन मलाई श्रद्धेय गिरिजाबाबुले भनेको याद छ- तिमीहरु जस्तो नौजवानहरु लामो राजनीति गर्नुपर्छ। भ्यालुजका आधारमा आफू हिँडिरहनुपर्छ। लागिरहनुपर्छ ।'

काफ्लेले सिंगो र सवल कांग्रेस बनाउनु आफूहरुको सपना मात्र नभएर अहिलेको अपरिहार्यता समेत रहेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077