Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रेशम चौधरीको मनोनयन बदरको मागसहित उजुरी दर्ता

रेशम चौधरीको मनोनयन बदरको मागसहित उजुरी दर्ता

बुधवार , माघ ७, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा कैलाली क्षेत्र नं. १ का उम्मेदवार रेशम चौधरीविरुद्ध उजुरी परेको छ।

मनोनयन दर्ता बदर गर्नुपर्ने मागसहित नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डंगौराले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उजुरी दर्ता भइसकेको छ र उजुरीकर्तालाई आफ्नो दाबी पुष्टि गर्ने प्रमाण पेश गर्न बिहीबारसम्मको समय दिइएको छ।

प्रमाणका आधारमा कानुनी प्रक्रिया अनुसार आवश्यक निर्णय गरिने कार्यालयले जनाएको छ।

टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरी राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077