काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसअनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू=भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।
तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सुरकुहिरो रहनेछ ।
दिउँसो देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।