Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रास्वपा सत्तामा पुग्ने हतारोमा रहेको विप्लवको आरोप

रास्वपा सत्तामा पुग्ने हतारोमा रहेको विप्लवको आरोप

आइतवार , माघ १८, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रास्वपा सत्तामा पुग्ने हतारोमा रहेको आरोप लगाएका छन् ।

उनले नयाँ भनिएका पार्टीहरूले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै सत्ता यात्रामा हतार गरिरहेको टिप्पणी गरेका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले विचार र सिद्धान्तभन्दा व्यक्ति केन्द्रित राजनीतिलाई प्राथमिकता दिइँदै आएको भन्दै त्यसलाई पुँजीवादी संस्कारको निरन्तरता भने। उनका अनुसार अहिलेको लोकप्रियतावाद उपभोगवादी संस्कृतिसँग जोडिएको छ।

उनले भने, ‘विचार केही होइन, पार्टी र नेता भए हुन्छ भन्ने मान्यता नयाँ भन्नेहरूको सिद्धान्त हो। यो पुँजीवादीहरूको तरिका हो। अहिले पुँजीवादमा पनि यही लोकप्रियतावादको नारा चलेको छ—मान्छे देखाउने, केही भ्रम छर्ने र हत्तनपत्त सत्तामा पुगेर गरिहालिन्छ भन्ने।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077