जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाही नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।
शाहीलाई आज कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन् । खड्काले कांग्रेसमा उपसभापति शाहीको प्रवेशले उर्जा मिलेको प्रतिक्रिया समेत दिइन् ।
रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको र यसले राजनीतिक यात्रा गन्तव्यविहीन हुने भन्दै पुन: आफ्नै पुरानो घर फर्किएको बताइन् ।
जुम्लाको चन्दननाथ नगरपालिका–५ की शाही यसअघि कांग्रेसमै सक्रिय राजनीति गरिरहेकी थिइन्। वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनले केही समयमै जिल्ला उपसभापति भएकी थिइन्।
उनी जुम्लाको चन्दननाथ नगरपालिका–५ निवासी हुन् ।