Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बालेनपत्नी सविनाको घरदैलो कार्यक्रममा सादा पोसाकका प्रहरी नभएको पुष्टि !

बालेनपत्नी सविनाको घरदैलो कार्यक्रममा सादा पोसाकका प्रहरी नभएको पुष्टि !

बुधवार , माघ २१, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ का लागि झापा–५ मा मत मग्दै हिंडेकी उनकी पत्नी सविना काफ्लेसँग सादा पोसाकका प्रहरी नभई उनका आफन्त, रास्वपाका सदस्य र उनलाई घर भाडामा दिने घरधनीहरू रहेको खुलेको छ । 

बालेन पत्नी सविनाले मत माग्नका लागि सादा पोशकका प्रहरीको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि आयोगले छानविन गर्न निर्देशन दिएको थियो । अयोगको निर्देशनपछि भएको प्रारम्भिक छानबिनमा सविनाको साथमा सादा पोशाकका प्रहरी नरहेको पुष्टि भएको हो ।

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन साहकी पत्नी सविना काफ्लेले घरदैलो गर्दा उनीसँगै हिँडेका केही व्यक्तिले बालेनका लागि मत मागेको बताइएको थियो । 

चस्मा लगाएका ती महिलाहरूलाई सामाजिक सञ्जालमा ‘सादा पोसाकका प्रहरी’ भनेर चर्चा गरिएको थियो । त्यसैलाई आधार मानेर आयोगमा उजुरी परेको थियो ।  

उजुरी परेपछि निर्वाचन आयोगले अनुगमन अधिकृतलाई त्यसबारे अनुसन्धान गर्न पत्राचार गरेको थियो । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन अनुगमन अधिकृत तेज प्रकाश प्रसाईंको नेतृत्वमा गठित समितिले प्रारम्भिक छानबिन गरी आयोगमा प्रतिवेदन पेस गरेको हो । 

प्रशासनको आन्तरिक रिपोर्टअनुसार उजुरीमा उल्लेख भएअनुसार प्रमाणित हुने आधार देखिएको छैन । 

प्रारम्भिक छानबिनमा त्यस्तो नदेखिएको  तर निर्वाचन आयोगले विस्तृत रिपोर्ट तयार गर्ने निर्वाचन अनुगमन अधिकृत तेज प्रकाश प्रसाईंले बताएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077