Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाँच वर्षमा कांग्रेसले विकासको उदाहरण देखाउँछ : सभापति थापा

पाँच वर्षमा कांग्रेसले विकासको उदाहरण देखाउँछ : सभापति थापा

सोमवार , माघ २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्षलाई नेपालमा पूर्वाधार विकासको ‘निर्णायक समय’ बनाउनुपर्ने बताएका छन् ।

सोमबार बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले यस्तो बताएका हुन् । उनले पूर्वाधार निर्माणमा पुरानै शैलीले काम नगर्ने भन्दै अर्थतन्त्रको नयाँ मोडल प्रयोग गरेर परिणाममुखी विकास गर्नुपर्नेमा जोड दिए ।

उनले जादु गरेजस्तो ठेक्का तोडेर वा केवल भाषण गरेर मात्रै पूर्वाधार समस्या समाधान नहुने स्पष्ट पारे ।

उनले नेपालमा पूर्वाधार समयमै नबन्ने समस्या गम्भीर बनेको उल्लेख गर्दै त्यसले विकासको लागत बढाएको र जनताको जीवनमा प्रत्यक्ष असर पारिरहेको बताए ।

‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ । सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो,’ थापाले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077