Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगनलाई मुख्यमन्त्री शाहको प्रश्न– देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

गगनलाई मुख्यमन्त्री शाहको प्रश्न– देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

शनिवार , बैशाख २६, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो भन्दै प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसको ‘जरा अभियान’ कार्यक्रममा बोल्दै उनले वर्तमान सभापति गगन कुमार थापालाई यस्तो प्रश्न गरेका हुन् । 

उनले भने- ‘ शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ? उनलाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक हो ? अब उहाँको स्थान कहाँ हुन्छ ?’

देउवालाई टिकट दिनबाट बञ्चित गराइनुको कारण सोध्दै उनले अब देउवाको स्थान के हुने ? भन्नेबारे पनि प्रश्न गरे ।

साथै शाहले कांग्रेस र पार्टी सभापतिलाई कमजोर बनाउने गतिविधिबाट सावधान रहन आग्रह गर्दै आफू मुख्यमन्त्री पद जोगाउन नभई पार्टी एकताका लागि कार्यक्रममा आएको बताए ।

कांग्रेसले आयोजना गरेको सुदूरपश्चिममा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला आज र भोलि गरेर दुई दिन भेला चल्नेछ ।

भेलामा कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्मा र सभापति गगन थापा पनि उपस्थित छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077