काठमाडौं । आज २०८२ साल फागुन १ गते शुक्रबारको राशिफल ।
मेष
आर्थिक स्थिति मजबुत रहनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। यात्रा गर्दा आफ्नो सामानको सुरक्षितरूपमा राख्नुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन
आत्मविश्वासको साथ गरिएको काममा सफलता मिल्नेछ। विरोधीहरूले काममा बाधा पुर्याउने कोसिस गर्नेछन्। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
सिंह
घरपरिवारको साथ मिल्नाले कार्यक्षेत्रमा प्रगति हुनेछ। कुनै कुरालाई लिएर मनमा दुविधा रहनेछ। वित्तीय वा सहकारी संस्था आदिमा ऋण आदिको प्रक्रियामा बाधा आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
तुला
नँया योजना प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोस्। वकालत वा प्रशासनिक क्षेत्रमा हजुरको बोली प्रभावशाली रहनेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
धनु
कार्यक्षेत्रमा अरुको भरमा ढुक्क नपर्नुहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। सकारात्मक सोचको साथ योजनाहरू बनाउनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आश्वासन दिनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
बृष
दाम्पत्य जीवन सुमधुर रहनेछ। आपसी कुराकानीले समस्याहरु सुल्झिनेछन्। रोजगारीलाई लिएर समस्या आउनेछ सचेत रहनुहोला । साझेदारी व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट
व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सरकारी योजनाहरूको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या
कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव मिल्नेछ। आफ्ना निजी सम्पर्कबाट रोकिएको काम बनाउन सकिनेछ। शुभ कार्यको चर्चा हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक
आत्मविश्वासमा वृद्धि हुनेछ साथै धैर्य वा पराक्रमको साथ काम गर्नुहोस् सफलता मिल्नेछ। बनाइएका नयाँ योजनाहरू प्रभावित रहनेछन्। नयाँ कार्यप्रति उत्साह जाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मकर
तारिफ योग्य कार्य गर्दै अरूको मन जित्न सकिनेछ। शेयर बजारबाट लाभ रहनेछ ्र आफूभन्दा ठूला प्रति आत्मीयता बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मीन
चुनौतीपूर्ण परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। धार्मिक कार्यमा संलग्न भइनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। नयाँ कामको जग बसाउने अवसर रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।