Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नागढुङ्गाबाट ‘मेड इन युएसए’ पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ

नागढुङ्गाबाट ‘मेड इन युएसए’ पेस्तोल र ४ राउण्ड गोलीसहित एक जना पक्राउ

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । मेड इन युएसए अमेरिकन पेस्तोलसहित नागढुंगाबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-२ बस्ने ३० वर्षीय केयुर पुरी रहेका छन् । 

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मुख्य प्रवेशद्वारबाट प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले एक थान अत्याधुनिक पेस्तोल र चार राउण्ड गोलीसहित पुरीलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला परेको प्रहरीले बताएको छ। 

प्रहरीले पेस्तोल र गोलीसहित कारमा सवार पुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077