Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री अर्यालले जुस पिलाएर तोडाए ‘जेनजी’ युवाहरूको अनशन

गृहमन्त्री अर्यालले जुस पिलाएर तोडाए ‘जेनजी’ युवाहरूको अनशन

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखी आमरण अनशनरत घाइते जेनजी युवाहरूको अनशन तोडाएका छन् ।

माइतीघरमा विभिन्न माग राखी विजय अधिकारीको संयोजकत्वमा पाँच दिनदेखि अनशनरत लोकराज उपाध्याय, स्मृति राई र अशोक घोरासैनीलाई बुधबार साँझ जुस पिलाएर गृहमन्त्री अर्यालले अनशन तोडाएका हुन् । 

सो अवसरमा गृहमन्त्री अर्यालले परिवर्तन, सुशासन कायम र मुलुकमा दिगो शान्ति तथा स्थिरताको पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको बताउँदै उक्त अभियानमा सबैको साथ जरुरी भएको उल्लेख गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077