Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रवि लामिछानेको आह्वान - मेरो अन्तिम इच्छा मतपत्रमा देखाइदिनुहोस्

रवि लामिछानेको आह्वान - मेरो अन्तिम इच्छा मतपत्रमा देखाइदिनुहोस्

शुक्रवार , फाल्गुण १५, २०८२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि ‘घेराबन्दी’ गरिएको आरोप लगाउँदै त्यसको जवाफ आगामी २१ गते हुने निर्वाचनमा मतपत्रमार्फत दिन आम मतदातालाई आग्रह गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित ‘परिवर्तनको उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफूलाई सिध्याउन खोज्नेहरूलाई जनताले नै निर्वाचनमार्फत स्पष्ट सन्देश दिने दाबी गरे।

'मलाई धेरै नबोल, तीखो नबोल, चर्को नबोल भन्छन्। तर म रवि लामिछाने हुँ, अलिअलि नघोची हुँदैन,' उनले भने, 'ममाथि प्रमाण छ भनिएको आज ६५८ दिन भएछ, खै त प्रमाण?'

उनले आफूमाथि आरोप लगाउनेहरूलाई लक्षित गर्दै समयले नै सत्यको पुष्टि गर्ने जिकिर गरे।

'प्रमाणको रटान लगाउनेहरूलाई समयले आफैं जवाफ दिइसकेको छ,' उनले भने।

लामिछानेले आफूलाई ‘अन्तिम इच्छा’ सोधिएको घटना स्मरण गर्दै भावुक अभिव्यक्ति दिए।

'मलाई अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भयो। मेरो बेडरुमभित्र छिरेर बुट बजार्दै सोधिएको थियो— तेरो अन्तिम इच्छा के हो?' उनले भने।

त्यसप्रति प्रतिक्रिया दिँदै उनले चितवनका मतदातासँग आग्रह गरे, 'आज म चितवनबाट भन्न चाहन्छु, मेरो अन्तिम इच्छा के हो— २१ गते मतपत्रमा देखाइदिनुहोला।'

विरोधीहरूले जतिसुकै आलोचना र आरोप लगाए पनि जनताको समर्थन कायम रहेसम्म आफू नडगमगाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077