काठमाडौं । आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल ।
मेष
शैक्षिक क्षेत्रमा बाधा आउन सक्छ सचेत रहनुहोस्। धेरै बोल्ने बानीले अप्ठ्यारो पार्न सक्छ सचेत रहनुहोस्। व्यर्थको यात्रामा जान बाध्य भइएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन
धैर्य, पराक्रम र साहसमा उल्लेखनीय वृद्धि हुनेछ। स्पष्ट कुरा राख्ने बानिले अरुलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षमताको सदुपयोगले विवादास्पद समस्याहरू सुल्झिनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
कार्यक्षेत्रमा समयमा कार्य सम्पादन गर्न सकिनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिश्रमको उचित मूल्यांकन पाइएला तर काममा दौडधुप धेरै गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
तुला
पिताको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। पहिला गरेको श्रमको प्रतिस्वरूप राम्रो धन लाभ हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।
धनु
विश्रामले उत्कृष्ट परिणाम दिलाउनेछ। दैनिकी कामहरूमा लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। कुनै कुरालाई लिएर मनमा सन्तोषको भावना जागृत हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त भएतापनि परिस्थिति केही जटिल हुनसक्छ। जीवन साथीसँग वैचारिक मतभेद बढ्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
बृष
मनमा उमंग र उत्साह छाउनेछ। नयाँ कुरा सिक्ने मौका मिल्नेछ। लामो समयदेखि प्रतिक्षा गरेको काम पूरा हुनेछ। भाग्यको साथ पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
आफूले बनाएको योजनालाई अगाडि बढाउन सकिनेछ साथै आफ्नो विचारलाई प्रभावशाली ढंगले प्रस्तुत गर्न सकिनेछ। प्रशासक वा सहयोगीहरूबाट राम्रो समर्थन प्राप्त हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कन्या
चुनौतीपूर्ण कार्य सफलतापूर्वक सम्पादन गर्न सकिनेछ। शत्रु पक्ष वा प्रतिस्पर्धीहरू सक्रिय भएतापनि विजयी हजुरको हुनेछ। यात्रा को माध्यमले नयाँ अवसर र अनुभव प्रदान गर्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ
बृश्चिक
आफ्नो कमजोर पक्ष बुझेर सुधार गर्ने प्रयास गर्नुहोस्। धार्मिक मठमन्दिर आदिमा भ्रमणका योग छन्। नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मकर
वित्तीय वा सहकारी संस्थाबाट लाभ लिन सकिएला। प्रतियोगी वा प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्नेछ। नयाँ नौकरी आदिको इन्टरभ्युमा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
मीन
साहित्य र कलाको क्षेत्रमा निखार आउनेछ भने शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। नोकरी वा पेशामा नयाँ अनुबन्धहरू मिल्नाले आर्थिक पक्ष बलियो रहनेछ। यात्रा गर्दा र बाटो काट्दा सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।