Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

टी- २० विश्वकप: पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यन्ड भिड्दै

टी- २० विश्वकप: पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यन्ड भिड्दै

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं।आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन्।

सेमिफाइनलको यो पहिलो खेल भारतको कोलकातास्थित इडेन गार्डेन मैदानमा साँझ ७:१५ बाट सुरु हुने छ।

विश्वकप इतिहासमा यी दुई टोलीबीच यो छैटौं भेट हो। अघिल्ला पाँचै खेल दक्षिण अफ्रिकाले जितेको छ। तर सेमिफाइनल चरणमा भने दुवै टोली पहिलोपटक भिड्दैछन्।

जारी प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित छ, जबकि न्युजिल्यान्डले दुई हार बेहोरेको छ। समूह चरणमा दक्षिण अफ्रिकासँग र सुपर–८ मा इंग्ल्यान्डसँग न्युजिल्यान्ड पराजित भएको थियो।

सन् २००५ मा पहिलो टी(२० अन्तर्राष्ट्रिय खेलेयता दुवै टोलीबीच १९ खेल भएका छन्। दक्षिण अफ्रिकाले १२ जित दर्ता गर्दा न्युजिल्यान्डले ७ खेल जितेको छ। यही विश्वकपमा भएको पछिल्लो भेटमा दक्षिण अफ्रिकाले ७ विकेटले बाजी मारेको थियो।

न्युजिल्यान्ड पाँचौं पटक सेमिफाइनलमा पुगेको हो (२००७, २०१६, २०२१, २०२२ र अहिले)। त्यस्तै दक्षिण अफ्रिका चौथोपटक सेमिफाइनल खेल्दै छ (२००९, २०१४, २०२४ र अहिले)। २०२४ मा उसले पहिलोपटक फाइनल पुगेको थियो।

दोस्रो सेमिफाइनलमा भने बिहीबार भारत र इंग्ल्यान्ड भिड्दैछन्। टी–२० विश्वकपको फाइनल आइतबार हुँदैछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077