Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

हुम्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो, नेकपा दोस्रो

हुम्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो, नेकपा दोस्रो

सोमवार , फाल्गुण २५, २०८२

हुम्ला । हुम्लामा समानुपातिक निर्वाचन प्रर्णालीतर्फ पनि नेपाली काँग्रेस पहिलो दल भएको छ।

जिल्लाका सात वटा गाउँपालिका र एउटा अस्थायी मतदान केन्द्रमा खसेको समानुपातिक मतको गणना गर्दा काँग्रेस पहिलो भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त मतगणनाको विवरण अनुसार नेपाली काँग्रेसले ७९१५ मत ल्याएर पहिलो दल भएको छ। त्यसैगरि छ हजार २३१ म्त ल्याएर नेपाली कम्युनिष्ट पार्टी दोस्रो र पाँच हजार २८० मत ल्याएर तेस्रो दलका रुपमा रहेको छ।

बिबरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ३५ मत प्राप्त गरेको छ भने राप्रपाले २०६ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीले २१४ मत, नेपाल कम्युनिष्ट पार्टी माओवादीले १०५ मत र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २६९ मत प्राप्त गरेको छ।

त्यसैगरि अन्य ३५ दलले मत प्राप्त गरेका छन्। यी दलहरुले एक देखि तीस मत प्राप्त गरेका छन्। समानुपातिकतर्फ २२ हजार ८२५ खसेकोमा २२ जार ४३२ मत सदर भएका छन भने ३८३ मत बदर भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077