Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बालेनले टिकट अफर गरे, मैले अस्वीकार गरेँ : ऋषि धमला

बालेनले टिकट अफर गरे, मैले अस्वीकार गरेँ : ऋषि धमला

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका पूर्वपत्रकार ऋषि धमलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफूलाई चुनाव लड्न टिकट अफर गरेको दाबी गरेका छन् ।

सोमबार काठमाडौँस्थित रिपोर्टर्स क्लबमा सञ्चारकर्मीसँग कुरा गर्दै धमलाले निर्वाचनमा होमिनुअघि बालेन शाहले दुई पटक भेटेर आफूलाई चुनाव लड्न प्रस्ताव गरेको बताए।

उनका अनुसार शाहले आफूलाई जहाँबाट चुनाव लडे पनि सहयोग गर्ने र पार्टीको टिकटसमेत उपलब्ध गराउने आश्वासन दिएका थिए।

'मलाई चुनावमा जानुभन्दा अगाडि बालेन शाहले बोलाएर दुई पटक भेटेर भन्नुभएको थियो— ‘तपाईं आउनुस्, कहाँबाट कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ, म सहयोग गर्छु, टिकट दिन्छु,' धमलाले भने।

धमलाले बालेनको प्रस्ताव आकर्षक भए पनि आफूले अन्ततः रौतहटबाट आम जनता पार्टीको ‘मोबाइल’ चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णय गरेको स्पष्ट पारे।

यद्यपि उनले आफू औपचारिक रूपमा कुनै पनि राजनीतिक दलको सदस्य नभएको दाबी गरे। 'म कुनै पार्टीको साधारण सदस्य होइन, प्राविधिक रूपमा मात्र चुनाव चिह्न प्रयोग गरेको हुँ,' उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077