Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदीलाई बालेनको जवाफ : नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउन सहकार्य गर्नेछौं

मोदीलाई बालेनको जवाफ : नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउन सहकार्य गर्नेछौं

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया जनाउँदै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।

सोमबार मोदीले फेसबुकमार्फत रास्वपाको चुनावी सफलतामा शुभकामना दिएपछि मंगलबार बालेनले त्यसको जवाफ फर्काएका हुन्।

बालेनले आफ्नो प्रतिक्रियामा मोदीलाई धन्यवाद दिँदै नेपाल र भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, शुभकामनाका लागि धन्यवाद, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू। नेपालभारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ परिणाममुखी बनाउन हामीसँगै सहकार्य गर्ने विश्वासव्यक्त गर्दछु।

बालेनले सोही कमेन्टमार्फत भारतको खेलकुद सफलतामा पनि बधाई दिएका छन्। लगातार दुई पटक विश्वकप उपाधि जितेको उपलब्धिमा भारत सरकार र भारतीय जनतालाई हार्दिक बधाई व्यक्त गरेका हुन्।

यसअघि मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनसँग टेलिफोन वार्ता भएको जानकारी दिएका थिए।

मोदीले दुवै नेतालाई चुनावी जितको बधाई दिँदै नेपालको निर्वाचनमा रास्वपाले प्राप्त गरेको सफलताको प्रशंसा गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077