Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीलाई परेको पितृशोकमा बालेनको समवेदना : पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन

ओलीलाई परेको पितृशोकमा बालेनको समवेदना : पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुःख व्यक्त गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमार्फत ओलीका पिता मोहनप्रसाद  ओलीप्रति श्रद्धाञ्जली दिएका हुन् ।

बालेनले पिताको अभावले जीवनमा ठूलो रित्तोपन र अपूरणीय कमी महसुस गराउने उल्लेख गर्दै भावुक सन्देश लेखेका छन्।

उनले लेखेका छन्, “पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन । पात्र एक, भूमिका अनेक।”

यसै सन्देशमार्फत उनले पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

बालेनले आफ्नो सन्देशको अन्त्यमा “पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्” भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077