Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एलपी ग्यास घरायसी उपभोक्तालाई प्राथमिकता दिन निगमको निर्देशन

एलपी ग्यास घरायसी उपभोक्तालाई प्राथमिकता दिन निगमको निर्देशन

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा असर परिरहेको अवस्थामा नेपाल आयल निगमले ग्यास वितरण प्रणालीमा कडाइ गरेको छ।

निगमले देशभरका ग्यास उद्योगी तथा एलपी ग्यास विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिएको हो।

निगमका अनुसार सबै ग्यास उद्योगहरूले आफ्नो उद्योगबाट विक्रेतालाई बिक्री गर्ने ग्यासको परिमाण, विक्रेताको ठेगाना र सम्पर्क नम्बरसहितको विवरण हरेक दिन बिहान १० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, विक्रेताहरूले पनि उपभोक्तालाई बिक्री गरेको ग्यासको नाम, सम्पर्क नम्बर र परिमाणसहितको रेकर्ड राखेर सम्बन्धित उद्योगमार्फत दैनिक रूपमा निगमलाई जानकारी गराउनुपर्ने निर्देशन दिइएको छ।

निगमले अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगहरूले सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्नुपर्नेजनाएको छ।

निगमका अनुसार मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा आपूर्ति प्रभावित हुने जोखिम बढे पनि नेपालमा भने हालसम्म नियमित रूपमा ग्यास आपूर्ति र बिक्री भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077